ढोक्प्या भाषा वर्ण निर्धारण

ढोक्प्या वर्ण निर्धारण कार्यक्रम
मिति २०७९ बैसाख ५-८ गते ४ दिन सम्म ढोक्प्या भाषाको वर्ण निर्धारण कार्यशाला गोष्ठी गरी ढोक्प्या भाषाको वर्ण निर्धारण गरिएको थियो । सो कार्यक्रममा भाषा विद डा. नेत्रमणी दुमी राईले परमर्श गर्नु भएको थियो भने हिज नेपालको कार्यक्रम मेनेजर छिङचिप्पा ल्होमीले सहजिकरण गर्नु भएको थियो । सो कार्यक्रम जम्मा २०जनाको सहभागी रहेको थियो । ताप्लेजुङ जिल्लाको ढोक्प्या समुदाय बसोबास गरेको विभिन्न गाउँहरु र संखुवासभाको जिल्लाको मकालु गापाको पावाखोला र भोटखोला गापाको थुदाम गाउँबाट समेत सहभागी जनाएको थियो । हिज नेपालको आर्थिक सहयोगमा ढोक्प्या किदुक समाजसंगको समन्वयमा सो कार्यक्रम सन्चालन गरिएको थियो । ४ दिने कार्यशाला गोष्ठीबाट ढोक्प्या भाषामा पहिलो पटक वर्ण निर्धारण गरी लेखन शैलीको समेत खेस्रा तयारी गरी प्रस्ताव गरिएको छ । साथै सो लेखनशैलीलाई गाउँ-गाउँमा लगेर स्थलगत परिक्षण गरी राय सुझाव संकलन गर्ने र भविस्यमा चाँडै नै १/२ दिने पुरावलोकन कार्यशाला गोष्ठी गरी अन्तिम रुप दिएर प्रकाशन गर्ने र प्रकाशित लेखनशैलीलाई समुदायमा समेत प्रवर्धन गर्ने छलफल समेत भएको थियो । कार्यक्रमको समापनको दिन प्रमुख अतिथि एवँ सहभागी समेत रहेको सो समुदायको पूर्व माननिय एवं पूर्व अध्यक्ष नेपाल आदिवासी जनजाती महसंघ श्री पासाङ शेर्पाले यो वर्ण निर्धारण गर्ने कार्य ऐतिहासिक, ठोस, अति महत्वपुर्ण काम गरेको र त्यसको लागी सम्पुर्ण ढोक्प्या समुदाय नै अति खुशी रहेको र बधाई साथै सहयोगी संस्था हिज नेपाललाई धन्यवाद समेत ब्यक्त गर्नुभयो । साथै ढोक्प्या भाषा विकासको लागी आफुले पनि सकेको सहयोग गर्ने र जे जस्तो परिस्थितीमा पनि ढोक्प्या भाषा विकासको लागी आफु उपस्थित हुने प्रतिवद्दता समेत जाहेर गर्नुभयो ।
सरोकारवालाको भेला
मिति २०७८ साल फागुन २९ गते ढोक्प्या भाषा समुदायहरु विच १ दिने ढोक्प्या भाषा विकास सम्बन्धि सरोकारवालाहरुको भेला आयोजना गरेको थियो । सो भेलामा काठमाडौको कपनमा गरेको थियो । सो भेला ढोक्प्या समुदायको विभिन्न गाउँ जस्तो ताप्लेजुङ जिल्ला, संखुवासभाको पावाखोला गाउँ र भोटखोला थुदाम गाउँबाट समेत सहभागी गराइएको थियो । जम्मा २३ जनाको सहभागिता रहेको सो भेलामा पूर्व नेपाल आदिवासी जनजाती महासंघका अध्यक्ष एवं माननिय पूर्व सभासद पासाङ शेर्पा(ढोक्प्या), ढोक्प्या किदुक समाजको अध्यक्ष-मिङमा डन्दु ढोक्प्या, सल्लाहार एवं पूर्व अध्यक्ष मिङमा कामी शेर्पा(ढोक्प्या) लगायत अन्य सहभागीहरुको सहभागिता रहेको थियो ।

Dhokpya Stakholder Meeting
सरोकारवालाको भेला

मिति २०७८ माघ २ गते न्हिन्बा समुदायको सरोकारवालाहरुको १ दिने भेला काठमाडौको बौद्धमा आयोजना गरिएको थियो । यो भेलाले न्हिन्बा भाषाको अवस्थाको बारेमा छलफल गरिएको थियो । न्हिन्बा भाषाको संरक्षण, प्रवर्धन र विकासको लागी समुदायको राय, विचार, अपेक्षा, रुची के कस्तो छ भन्ने बारेमा पनि छलफल भएको थियो । भाषा विकासको सन्दर्भमा सहजकर्ता पृथ्वी चौधरी, सुसिल सुब्बा, छिङचिप्पा ल्होमी र साङबु ल्होमीले सहभागि विधि(Participatory Method) मार्फत सहजिकरण गरिएको थियो। सो कार्यक्रममा हुम्ला जिल्लाको सिमिकोट गाउँपालिकाको तोर्पा, लाङदु, वुराङसे लगायतका गाउहरुबाट २३ जनाको सहभागिता जनाएका थिए । सो भेलाले न्हिन्बा भाषाको वर्ण निर्धारण गर्ने निर्णय समेत गरेको थियो ।
बाहिङ वर्ण प्रवर्धन

२०७८ मंसिर देखि पौष सम्म बाहिङ किरात मुलखीमको आयोजना र हिमाली आदिबासी समाजको सहयोगमा ११ वटा बाहिङ भाषा वर्णप्रवर्द्धन कक्षाहरू सन्चालन भएका छन । सोलु, ओखलढुंगा, सुनसरी र काठमाण्डौमा रहेका ३४५ जना बाहिङ वक्ताहरूले आफ्नो भाषा पढन र लेख्न सिकेका छन ।